काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । 

जारी मतगणनाको ताजा मतपरिणामअनुसार साहले ७४७ मतसहित अग्रता लिएका हुन् । 

उनलाई नेकपा एमालेका मेयरका उम्मेद्वार केशव स्थापितले ५४५ मतसहित पछ्याइरहेका छन् । 

यस्तै, कांग्रेसबाट मेयर पदकी उम्मेद्वार सिर्जना सिंह ३९७ मत प्राप्त गरेकी छिन् भने राप्रपाका मदनदास श्रेष्ठले १११ र अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले ९६ मत प्राप्त गरेका छन् ।