काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवाको १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ मा रहेको लैंगिक हिंसा प्रभावित तथा असाहाय महिला, किशोरी एवं बालबालिका पुनस्र्थापना केन्द्र ‘आदर्श गृह नेपाल’लाई रु. २५ हजारबराबरको खाद्यान्न, फर्निचर तथा सरसफाइ सामग्री सहयोग गरेको छ। 

बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठ, उपप्रमुख प्रकाश बोहरा र भरतपुर शाखा प्रमुख सरस्वती तिवारीको उपस्थितिमा आदर्श गृह नेपालका अध्यक्ष मीना खरेललाई तीनसिटे फर्निचर, खाद्यान्न सामग्री र सेनेटरी प्याड वितरण गरेको हो। असाहायहरुलाई पुनस्र्थापना गर्न लागिपरेको गृहलाई हरेक व्यक्ति, संस्था, समुदायले सहयोग गर्न अनुरोध गर्दै संस्थाका प्रदेश प्रमुख श्रेष्ठले निरन्तर रुपमा यस प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरिरहने बताए। 

संस्थागत रुपमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुमध्ये मिर्मिरेले सहयोग गरेकोमा संस्थाका अध्यक्ष मिना खरेलले धन्यवादपत्र प्रदान गर्दै यस वर्षको विशेष सहयोगी भएकोमा खुसी लागेको बताए। 

मिर्मिरेले असोज ७ गतेको वार्षिकोउत्सव व्यापक रुपमा देशभरिका प्रदेश एवं शाखाहरुमा विभिन्न सामाजिक कार्यहरुसहित मनाइरहेको छ। विभिन्न प्रदेशहरुमा ट्राफिक सचेतना कार्यक्रम, विभिन्न सामाजिक संस्थाहरुमा सहयोग तथा सरसफाइ एवं डस्टबिनहरु वितरण लगायतको कार्यक्रमहरु गरिरहेको छ भने भोली ७ गते केन्द्रीय कार्यालय बनेपासहित देशव्यापी रुपमा रहेका १५१ वटा शाखाहरुमा विभिन्न कार्यक्रमहरुसहित वार्षिकोत्सव मनाउन लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिए। 

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत भदौमा रुपन्देही जिल्लाको बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी ६३ जिल्लामा १५१ वटामार्फत झन्डै १ लाख ४० हजार सदस्यहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा प्रदान गरिरहेको छ।