काठमाण्डौ । बिग बुलका नामले चर्चित भारतीय सेयर लगानीकर्ता राकेश झुनझुनवाला वित्त वर्ष २०२१ को बजेटपछि मालामाल बनेका छन्।

झुनझुनवाला आफ्नो पोर्टफोरियोमा समावेश ५ कम्पनीका सेयरबाट मालामाल भएका हुन्। उनले पछिल्लो ९ दिनमा सेयरबाट भारु ६६३ करोड (अर्थात् नेरु १०६१ करोड) कमाउन सफल भएका छन्। बजेटपछि भारतको बीएसई सेन्सेक्ट र एनसीई निफ्टीमा लगभग ११ प्रतिशतको उछाल आएसँगै झुनझुनवालाले भारु६६३ करोड रुपैयाँ कमाउन सफल भएका हुन्।

झुनझुनवालाले सबैभन्दा धेरै रिटर्न नागार्जुन कन्स्ट्रक्सन कम्पनी अर्थात एसीसीबाट प्राप्त गरेका छन्। पछिल्लो त्रैमाससम्म बिग बुलसँग या कम्पनीका १२.८४ प्रतिशत सेयर रहेको थियो। जसको भ्याल्यूमा अहिले ५७ प्रतिशतसम्म उछाल आएको छ। बजेट अहिले उनीसँग रहेको यो कम्पनीको भारु ४६१.३८ करोड रुपैयाँको सेयर थियो। अहिले बढेर भारु ७२२२.२३ पुगेको छ।

झुनझुनवालालाई यो कम्पनीको भारु ७.८३ करोड इक्विटी सेयरहरुमा भारु २६०.८५ करोडको रिटर्न प्राप्त भएको छ। 

बिग बुलसँग दोस्रो ठूलो रिटर्न टाटा मोटर्सको सेयरबाट प्राप्त भएको छ। उनीसँग या कम्पनीको ४ करोड कित्ता सेयर छ। जसको मूल्य अनुसार बढेर भारु १२१० करोड पुगेको छ। जब कि बजेटअघि सम्म यी सेयरको मूल्य भारु १०५० करोड थियो। यसको अर्थ उनलाई यो कम्पनीको सेयरबाट मात्रै भारु २६० करोड रिटर्न प्राप्त भएको छ। 

झुनझुनवाला दुई बैंकका सयरमा पनि पैसा लगाएका छन्। जसमा बजेटपछि क्रमशः १५ र ३२ प्रतिशतको उछाल आएको छ। उनले फेडरल बैंकको सेयरमा लगाएर पैसा भारु ५१.२३ करोड बढेको छ। त्यस्तै करुप वैश्य बैंकको उनीसँग ३.५९ करोड सेयर छन्। अहिले यो बैंकको सेयरमूल्यमा ३२ प्रतिशतसम्म बढिसकेका छ। यो बैंकको सेयरबाट मात्रै उनले भारु ४८.५७ करोड रिटर्न प्राप्त गरेका छन्।

यसैगरी झुनझुवालाले एजुकेसन टेक्नोलोजी कम्पनी एप्टेकबाट यो महिनामात्रै २५ प्रतिशत रिटर्न पाइसकेका छन्। यो कम्पनीमा बुग बुलको २३ प्रतिशत हिस्सा छ। बजेटपछि यो कम्पनीबाट उनले भारु ४३ करोड रुपैयाँ प्रतिफल प्राप्त गरेका छन्। – एजेन्सी