काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।
यस छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु. १५० सम्म छुट प्राप्त गर्न सक्नेछन्।
स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टका सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
यस अफरअन्तर्गत बिग मार्टका सम्पूर्ण शाखामा एनआईसी एसिया मोबैंक, ग्लोबल स्मार्टप्लस, आइएमईपे, खल्ती, नमस्तेपे, प्रभुपे, सजिलोपे, मोरु, आईक्यास, क्यूपे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago