काठमाण्डौ । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजना एवं विविध उपहारका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पेनअन्तर्गतको साउन महिनाको योजनाहरु आज राति १२ बजे देखि साउन २२ गतेसम्म लाइभ हुने भएको छ।
यही साउन २० गतेका दिन बिजबजारले अपराह्न ४ बजेदेखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेल सञ्चालन गर्ने जनाएको छ। जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्।
यस क्याम्पेनअन्तर्गतको ट्रेन्डी अवतारअन्तर्गत सबै वर्गका ग्राहकले फेसनसँग सम्बन्धित सामानमा, इलेक्ट्रिफाई बचतअन्तर्गत इलेकट्रोनिक्स सामानमा, हेल्थ एन्ड ब्युटीअन्तर्गतका सामानमा, गो स्पोर्टी क्रेजीअन्तर्गत खेलकुद तथा फिटनेस सामामा र ह्याप्पी पज्सअन्तर्गत घरपालुवा जनावरका सामानमा भारी छुट तथा योजना प्राप्त गर्न सक्नेछन् । यसका साथै पानी पर्याे अफर झर्याेअन्तर्गत मनसुनसँग सम्बन्धित साथै अन्य विभिन्न सामानमा भारी छुटसहित अन्य आकर्षक अफरसमेत प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी भाग्यमानी २० क्विजअन्तर्गत २० जना विजेताले रु. १०० बराबरको मोबाइल टपअप जित्नेछन्। साथै, क्याच एन्ड विन खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने यो कहाँ पर्याेअन्तर्गत खेलमा विजेता हुने सेवाग्राहीले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन्।
२० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्त लागु हुने कम्पनीले जनाएको छ।
साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सीधै डब्ल्यूडब्ल्यूडब्ल्यू डट बिजबजार डट कम डट एनपी टाइप गरेर पनि यो सेवा लिन सकिनेछ।
6 minutes ago
34 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago