काठमाण्डौ । केही समयअघि सरोकारवालाहरुले सेयर कारोबार गर्दा डीपी शुल्कलगायत अन्य सेवामा शुल्क लिने काम भइरहेको भन्दै विरोध जनाएका छन्। उनीहरुले यस्ता सेवाहरु निःशुल्कमा प्रवाह गर्नुपर्ने आवाज उठाएका थिए।

यस विषयमा बिजशालाले गत फागुन १९ गते डीपी शुल्कमा कार्टेलिङ, सरोकारवाला भन्छन्, ‘अविलम्ब प्रतिस्पर्धात्मक बनाइनुपर्छ’ भन्ने शीर्षकमा समाचार पनि प्रकाशित गरेको थियो। सोहीअनुसार सबैभन्दा पहिले एनआईसी एसिया क्यापिटलले डीपी शु्ल्कमा छुट दिने व्यवस्था गरेको छ। क्यापिटल र एनआईसी एशिया बैंकमार्फत डिम्याट खाता खोली कारोबार गर्दै आइरहेका डिम्याट खातावालाहरुले धितोपत्र÷सेयरको कारोबार गर्दा डीपीलाई बुझाउनुपर्ने शुल्कको २० प्रतिशत रकम वा अधिकतम रु. १०० सम्म क्यासब्याक गरिदिने योजना सञ्चालनमा ल्याएको हो ।

क्यापिटलले आफ्नो वार्षिकोत्सवका अवसर पारेर डीपी शुल्कलगायत विभिन्न सेवामा छुटको अवसर दिएको हो। क्यापिटल  हिजो फागुन २२ चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। 

क्यापिटलबाट लगानी व्यवस्थापन (पीएमएस) सेवा लिइरहेका सेवाग्राही, हितग्राही खाता खोली कारोबार गर्ने खाताधारकहरु, सामूहिक लगानी योजनामा लगानी गरेका इकाइधनीहरु, सेयर रजिस्ट्रार सेवामा आबद्ध कम्पनीहरु तथा नियमक निकायहरुलगायत सम्पूर्ण सरोकारवालामा समस्त क्यापिटल परिवार क्यापिटलले हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेको छ। क्यापिटलको वार्षिकोत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवाहरुमा आउँदो चैत्र मसान्तसम्म विशेष छुटका साथ विभिन्न नयाँ तथा परिमार्जित योजनाहरु सञ्चालनमा ल्याएको छ ।

यस्ता छन् योजनाहरु

लगानी व्यवस्थापन सेवा (पीएमएस)

लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकलाई विशेष सुविधा र न्यून लागतमा उच्च कोटीको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलले निम्नअनुसारको योजना सञ्चालनमा ल्याएको छ । 

१. प्राथमिक सेवाहरु

‘मेरो लागनी, मेरो भविष्य’ अन्तर्गत सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरी ग्राहकमुखी योजना वनाई उच्च प्रतिफल वितरण गर्ने मुख्य उद्देश्यका साथ यो योजना सञ्चालन गरिएको हो । यस योजनाअन्तर्गत लगानी व्यवस्थापन सेवा (पीएमएस) लिने ग्राहकले निम्न सेवासुविधा प्राप्त गर्नेछन्ः 

(क) निःशुल्क वार्षिक सेवा शुल्क । 

(ख) एक्जिट शुल्क नलाग्ने ।

(ग) पोर्टफोलियोमा उच्च कोटीको सेवा र उच्चतम प्रतिफलका लागि डेडिकेटेड आरएमको व्यवस्था गरिएको । 

(घ) अनलाइनमार्फत आफ्नो लगानीको निगरानी गर्न सकिने व्यवस्था मिलाइएको । 

२. सेयर क्लिनिक

क्यापिटलको चौथो वार्षिकोत्सवका अवसरमा उक्त सेवा लिने पहिलो ५० जना सेवाग्राहीलाई निःशुल्क पोर्टफोलियो स्क्रिनिङ एन्ड एनालाइसिस प्रदान गरिनेछ । जसअन्तर्गत पोर्टफोलियोमा कायम रहेका धितोपत्र÷सेयरको ई–स्क्रिनिङ गरी लगानीकर्ताको जोखिम बहन गर्ने क्षमताअनुरुप खरिदबिक्री वा होल्ड गर्नका लागि परामर्श सेवा उपलब्ध गराइनेछ । यसका साथै भौतिक रुपमा कायम सेयरलाई अभौतिकीकरण गर्नसमेत सहजीकरण गरिने व्यवस्था मिलाइएको छ । 

निक्षेप सदस्यअन्तर्गतका अफरहरु

‘एक नेपाली, एक डिम्याट’ खाता अभियानअन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित सहज, सरल र उच्च कोटीको ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले विशेष छुटसहित निम्न योजना संचालनमा ल्याएको छ । 

३. क्यासब्याक अफर 

मर्चेन्ट बैंकहरुमै पहिलोपटक एनआईसी एशिया क्यापिटलले ‘क्यासब्या अफर’ सञ्चालनमा ल्याएको छ । एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकमार्फत डिम्याट खाता खोली कारोबार गर्दै आइरहेका डिम्याट खातावालाहरुले धितोपत्र÷सेयरको कारोबार गर्दा डीपीलाई बुझाउनुपर्ने शुल्कको २० प्रतिशत रकम वा अधिकतम रु. १०० सम्म क्यासब्याक गरिदिने योजना सञ्चालनमा ल्याएको छ । 

४. अनलाइन–एनआईसी एशिया स्टुडेन्ट डिम्याट अकाउन्ट सेवा 

पछिल्लो समयमा डिम्याट खाता खोल्नेहरुमा विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको र विद्यार्थीलाई थप प्रोत्साहन गरी छिटोछरितो र सहजै रुपमा डिम्याट खाता उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले ‘ अनलाइन–एनआईसी एशिया स्टुडेन्ट डिम्याट अकाउन्ट सेवा’ सञ्चालन गरेको छ । यस सेवाअन्तर्गत विद्यार्थीले निम्न सुविधा प्राप्त गर्नेछन्– 

(क) निःशुल्क डिम्याट खाता तथा पहिलो वर्षको खाता सञ्चालन शुल्क छुट ।

(ख) निःशुल्क मेरो सेयर खाता ।

(ग) तुरुन्तै डिम्याट खाता उपलब्ध हुने । 

(घ) डिम्याट नम्बर एसएमएसमार्फत मोबाइलमै उपलब्ध गराइने ।

(ङ) धितोपत्र खरिद÷बिक्री कारोबारको जानकारी एसएमएसमार्फत गराइने । 

(च) २० प्रतिशत क्यासब्याक अफर–डीआईएस÷ईडीआईएस शुल्क ।

५. ४ मा ५ अफर

डिम्याट खाता तथा मेरो सेयर खाता हरेक वर्ष नवीकरण गरिराख्नुपर्ने भएकोले उक्त झन्झटबाट मुक्त हुनुका साथै लामो समयसम्म विदेशमा बस्नुपर्ने तथा देशका ग्रामीण क्षेत्रमा बसोबास गर्ने खातावालाहरुलाई विशेष लाभ पुर्याउने मुख्य उद्देश्यका साथ क्यापिटलले ४ मा ५ अफर सञ्चालनमा ल्याएको छ । यो अफरअन्तर्गत डिम्याट खाता खोल्ने ग्राहकले निम्न सुविधा प्राप्त गर्नेछन्–

(क) खाता खोल्दा लाग्ने शुल्क छुट । 

(ख) ४ वर्षको डिम्याट खाता नवीकरण शुल्क भुक्तानी गर्दा १ वर्षको शुल्कमा छुट ।

(ग) ४ वर्षको मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म ढुक्कसँग मेरो सेयर खाता सञ्चालन गर्न मिल्ने । 

(घ) तुरुन्तै डिम्याट खाता उपलब्ध हुने । 

(ङ) डिम्याट नम्बर एसएमएसमार्फत मोबाइलमै उपलब्ध गराइने ।

(च) धितोपत्र खरिद÷बिक्री कारोबारको जानकारी एसएमएसमार्फत गराइने । 

(छ) २० प्रतिशल क्यासब्याक अफर– डीआईएस÷ईडीआईएस शुल्क ।

उल्लेखित क्यासब्याक अफरमा सहभागी हुनका लागि डिम्याट खातामा उल्लेखित बैंक खाता एनआईसी एशिया बैंकको हुनुपर्ने क्यापिटलले जनाएको छ। यसका साथै अनलाइनमार्फत डिम्याट खाता खोल्ने ग्राहकलाई आगामी चैत मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाइएको समेत क्यापिटले जनाएको छ।