काठमाण्डौ । समाचारको विषयलाई लिएर बिजशालाका संवाददाता अर्जुन तिमिल्सिनालाई विभिन्न माध्यमबाट धम्क्याउने काम भएको छ। 

हिजो बिजशाला डटकममा प्रकाशित 'डबल बटम बनाउन बजार पुनः १८०६ सम्म आउन सक्छ ?' शीर्षकको समाचारलाई लिएर सामाजिक सञ्जालदेखि मोबाइलमै फोन गरेर संवाददाता तिमिल्सिनालाई विभिन्न व्यक्ति तथा लगानीकर्ताले धम्क्याउने र गालीगलौज गर्ने काम गरेका हुन्। उनीहरुले व्यक्तिगत चरित्रहत्या गर्ने र संस्था (बिजशाला)को स्वतन्त्र पत्रकारिता गर्न पाउने हकमा हस्तक्षेप हुने गरी सामाजिक सञ्जालहरुमा भ्रामक स्ट्याटसहरु पोस्ट गर्ने काम पनि गरेका छन्। 

यसैबीच समाचारको विषयलाई लिएर आफूलाई धम्क्याउनेविरुद्ध संवाददाता तिमिल्सिनाले सीआईबीमा केही व्यक्तिविरुद्ध उजुरी दिएका छन्। उनीहरुमाथि साइबर अपराधअन्तर्गत कारबाही गर्न उनले माग गरेका छन्। 

कुनै पनि सञ्चारमाध्यमले प्रकाशन वा प्रसारण गरेका सामग्रीउपर कसैलाई चित्त नबुझे खण्डन लेखी पठाउने र सो खण्डन सम्बन्धित सञरसंस्थाले नसमेटे सम्बन्धित निकायमा उजुरी हाल्न पाउने संवैधानिक हकविरुद्ध सामाजिक सञ्जालहरुमार्फत खोलेर चरित्रहत्या गर्ने र बिजशाला र बिजशालाकर्मीका विषयमा अनर्गल प्रचार गर्नेहरुप्रति बिजशालाको प्रकाशन संस्था सोस मिडिया प्रालिले खेद प्रकट गरेको छ। पीडित बिजशालाकर्मीले सीआईबीमा उजुरी दिइसकिएकोले दोषी र यसका कारण पत्ता लाग्ने सोस मिडियाले विश्वास गरेको छ। 

माथि उल्लेखित समाचार नितान्त प्राविधिक विश्लेषण हो। जुन संसारभरका सेयर बजारमा प्रयोग गरिन्छ। प्राविधिक रुपमा देखिएका कुरालाई लिएर सञ्चारकर्मी र सञ्चारमाध्यमविरुद्ध धम्क्याउने र अनर्गल प्रचार गर्नेविरुद्ध बिजशालाको कलम किञ्चित रोकिने छैन। बिजशालाको खबरदारी यात्रा जारी रहनेछ। 

यी हुन् बिजशाला संवाददाता तिमिल्सिनालाई धम्क्याउने केही व्यक्ति र तिनका नम्बर-

  • सूर्य खत्री – 9802000३87
  • उमेशराज सिलवाल – 984-9305331