काठमाण्डौ । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजीमलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्नवस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । भ्यालेण्टाइन डेको अवसरमा ग्राहकले आकर्षक अफर समेत पाउने छन् ।

ग्राहकलाई सुपथ मूल्मा उपभोग्य वस्तु उपलब्ध गराउन ‘विन्टर मेगा सेल’ को आयोजना गरिएको मेलाका संयोजक हिरामणि तिमल्सिनाले बताए । 

जाडो मौसम तथा भ्यालेण्टाइन डेलाई लक्षित गरी फेब्रुअरी ९ देखि सुरु भएको ‘विन्टर मेगा सेल’फेब्रुअरी २४ तारिखसम्म सञ्चालन हुनेछ । सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्नसक्ने मलका निर्देशक राजु गिरीले बताए ।

यसका लागि कम्तीमा ५ सय रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । 

यसरी छ ५ सय रुपैंयाको सामान किन्ने ग्राहकहरु उपहार योजनामा सहभागी हुनसक्ने छन् । गिरीकाअनुसार हरेक सामानको खरीदमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । 

मलले यस अवधिमा विभिन्न घरायसी विद्युतीय सामाग्री, मोबाइल, लत्ताकपडा, जुत्ताचप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीको खरिदमा यस्तो छुटको व्यवस्था गरेको हो । 

यसका साथै सेल अवधिभर मेलामा सामान खरिद गर्ने ग्राहकहरुले दैनिक रुपमा सिनेमाको टिकट, लञ्चकुपन, शपिङ भौचर लगायतका उपहार पाउने छन् । यसका साथै ५० हजार रुपैंया बराबरको स्मार्टफोन जित्ने अवसर पनिउनीहरुले पाउने छन् । 

भ्यालेण्टाइन डेको अवसरमा लाइभ म्यूजिक तथा भ्यालेण्टाइन डेकोर लगायतका कार्यक्रमहरु आयोजना हुने छन् । यसका साथै सेल अवधिभर कन्सर्टलाई निरन्तरता दिंदै फेस पेन्टिङ लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुने छन् ।  

म्लमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।