काठमाण्डौ । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘मनसुन फेस्ट सेल’ सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । 

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘मनसुन फेस्ट सेल’को आयोजना गरिएको बताइएको छ । ‘मनसुन फेस्ट सेल’ भदौ १ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा सरप्राइज उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।

मलले यस अवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामाग्री लगायत त्यहाँ उपलब्ध विभिन्न सामाग्रीमा आर्कषक छुटको व्यवस्था समेत गरेको छ । ग्राहकले पचास प्रतिशत छुटसम्ममा किनमेल गर्नसक्ने कार्यक्रम संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

साथै ‘मनसुन फेस्ट सेल’ अवधिभर मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत हुने बताइएको छ ।