काठमाण्डौ । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षितउपहार योजना सुरु गरेको छ । 

चाडपर्वका बेला ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्यसहित मलले असोज २ गतेदेखि योजना सुरु गरेको हो । फ्यान्टास्टिक दशैंतिहार हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ।

चाडपर्वका बेलाअधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउन  चाडपर्वको उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । उनले भने–‘अन्तर्राष्ट्रिय स्तरका विद्युतीय सामाग्रीदेखि लत्ताकपडा लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्मा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । यसमा हाम्रा ग्राहकलाई अभ्यस्त बनाउनका लागि पनि हामीले उपहार कार्यक्रम सुरु गरेका हौं ।’

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एकहजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरामणि तिमल्सिनाले बताए । सामान खरीद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने तिमिल्सिनाले बताए ।

यो अफरअन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्टफोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ इञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन् । 

बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट एक एक जनाले सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कूटर तथा४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने बताइएको छ । यो उपहार योजना कार्तिक २५गतेसम्म सञ्चालनहुनेछ ।

मलमाविभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।