काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सम्झौता भएको छ।
आज एक कार्यक्रमबीच बिपिडब्लु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलीपकुमार पोखरेल र मेगा क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेल र मर्चेन्ट बैंकिङ इन्चार्ज मनीषा दाहालको समेत उपस्थिति थियो।
यो सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटलको काठमाण्डौको त्रिपुरेश्वरस्थित कार्यालयबाट उपलब्ध गराउने क्यापिटलले जनाएको छ।
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago