काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजीसँगको सहकार्यमा ‘Conference on Ushering Paradigm Shift in the Insurance Industry in Next Decade- Resilience to Change’ शीर्षकको एकदिने सम्मेलन भोलि वैशाख १७ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ।
सम्मेलनमा बीमा व्यवसायी, बैंकर, रेटिङ ऐजेन्टहरुका साथसाथै कर्पोरेट क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहनेछ।
सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अथिति बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्ने र विशिष्ट अथितिका रुपमा प्रोफेसर डा. हरिवंश चतुर्वेदी (बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी रहने कार्यक्रम रहेको छ।
सम्मेलन आयोजनाबाट कोरोना महामारीको असरपश्चात परिवर्तित बीमा व्यावसायिक वातावरणको मागको साथै बीमा क्षेत्रमा देखिएका कैयौँ नयाँ आयामहरु जस्तै– उपभोक्ताका परिवर्तित व्यवहार, आवश्यकता र अपेक्षा, Insur-Tech को विकास, साइबार सुरक्षा, जलवायु परिवर्तन, तीव्र प्रतिस्पर्धा तथा प्रतिभा जटिलता लगायतका विषयमा छलफल गरी आगामी दशकमा बीमा व्यवसाय सञ्चालनको मोडेल तय गर्न नेपालको बीमा व्यवसाय क्षेत्रलाई ठूलो सहयोग पुग्ने विश्वास बिफिनले लिएको छ।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago