काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) र कोलोम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सहकार्य गर्ने सम्झौता भएको छ।
फिलिपिन्सको मनिलामा आज आयोजित एक कार्यक्रमबीच बिफिन र सीपीएससीबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा बिफिनका म्यानेजिङ डाइरेक्टर डा विनोद आत्रेय र सीपीएससीका डाइरेक्टर जनरल प्रोफेसर जीएलडी विक्रममासिंघेले हस्ताक्षर गरेका छन्।
यो रणनीतिक समझदारीको मुख्य उद्देश्य विभिन्न क्षेत्रमा क्रियाशील कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धि गर्ने रहेको छ।
कार्यक्रममा डा आत्रेयले दुई संस्थाबीचको सहकार्यले धेरै सदस्य राष्ट्रहरुमा मानव संसाधन विकासमा टेवा पुग्ने बताए। उनले त्यसका लागि आवश्यक क्षेत्रहरुमा तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिए। यसका साथै नेपालमा पनि अन्तर्राष्ट्रियस्तरको तालिम सञ्चालन गर्न उनले प्रस्ताव गरे।
प्रोफेसर विक्रमासिंघेले बिफिनसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले यो सहकार्यबाट मनिलामा कार्यक्रमहरु सञ्चालनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।
यसैबीच सीपीएससीको सहकार्यमा बिफिनले अक्टोबर ११ देखि अक्टोबर १५ सम्म एड्भान्स बैंक म्यानेजमेन्ट ट्रेनिङ कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र कुमारी बैंकका वरिष्ठ अधिकारीहरु सहभागी छन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
15 hours ago