काठमाण्डौ । पछिल्लो समय संचालनको स्वीकृति पाएका बिमा कम्पनी र लगानी बिस्तारमा आक्रामक रणनीति लिएका लघुवित्त कम्पनीहरुमा दक्ष तथा फ्रेस जनशक्तिलाई जागिरको बहार आएको छ । 

प्रत्येक दिनजसो बिमा कम्पनी, विभिन्न लघुवित्त संस्था, विकास बैंक र वाणिज्य बैंकहरुले समेत ठूलो संख्यामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्न थालेका छन् । 

सोमबार मात्रै एक नयाँ बिमा कम्पनी र २ वटा माइक्रो फाइनान्स कम्पनीले निकै ठूलो संख्यामा कर्मचारी माग गर्दै आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेका छन् । 

रिलायन्स लाइफ इन्स्योरेन्स लिमीटेडले चार दर्जन बढी कर्मचारी माग गरेको छ । एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै यो बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतदेखि सहायक स्तरसम्मका कर्मचारी माग गरेको हो । एकजना चिफ विजिनेश अफिसर, एकजना चिफ अपरेटिंग अफिसर, आइटी, एचआर लगायतका विभागका प्रमुख(४ जना), काठमाण्डौभित्र र बाहिरका शाखामा १४ जना म्यानेजर लगायतका पदमा कर्मचारी माग गरिएको छ । काठमाण्डौ र बाहिरी जिल्लाका लागि निकै ठूलो संख्यामा असिस्टेन्ट लेभलको कर्मचारी समेत मागिएको छ । यो पदमा फ्रेसहरुलाई पूर्ण प्राथमिकता दिइने कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले प्रकाशन गरेको आवश्यकतासम्बन्धी विज्ञापन यस्तो छ:

नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले समेत विभिन्न पदका लागि जागिरको अवसर खुलाएको छ । दुुईजना कार्यकारिणी तहमा रहेर काम गर्ने कर्मचारी र एकजना अधिकृत लेभलको कर्मचारी माग गरिएको छ । माइक्रो फाइनान्सले प्रकाशन गरेको आवश्यकता सम्बन्धी विज्ञापन यस्तो छ:

उता, नवलपरासीमा मुख्य कार्यालय रहेको विजय लघुवित्त बित्तीय संस्था लिमीटेडले समेत ५ पदमा केही जनशक्ति माग गरेको छ । अधिकृततर्फ सातौ तहमा २ जना, छैठो तहमा केही, चौथो तहमा केही र सहयोगी स्तरमा एकजना कर्मचारी मागिएको छ । माग भएका कर्मचारीहरुका लागि आवश्यक शैक्षिक योग्यता र कामको अनुुभव विज्ञापनमा यसरी खुलाइएको छ: