काठमाण्डौ । देशकै प्रमुख मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्ने भएको छ । 

कम्पनीले रि–ब्राण्डिङ्गपछि नजिकिँदै गरेको चाँडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदानप्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला आयोजना गर्न लागेको हो । 

मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला बिहान ११ बजेदेखि सुरु हुनेछ र विविध कार्यक्रम, गतिविधि र कन्सर्टसहित साँझसम्म चल्ने छ ।  चर्चित कलाकारहरु तथा संगीतिक समूहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका मुख्य आर्कषण हुन् । यसबाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेलको विशेष हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।  

मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोनदास श्रेष्ठ, समृद्घि राई र एक्स व्याण्डको प्रस्तुती रहनेछन् । त्यसैगरी, कार्टुन्जक्रु, युभिएन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने एनसेलले जनाएको छ । 

प्रवेश निःशुल्क गरिएको मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् । 

मेलामा मनोरञ्जनका लागि मयुर नाच, लाखे नाच, दशैं पिङ, चङ्गा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदि पनि राखिएको छ । 

यस्तै, गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् । 

बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् । 

नजिकिँदै गरेको चाडपर्वको अबसरमा आफ्ना ग्राहकसँग खुसियाली साट्न र शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना  हुन लागेको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । 

नारायणघाटपछि एनसेल मेला असोज १ गते पोखरामा, असोज ३ गते बुटवल, असोज ६ गते धरान र असोज ८ गते बिर्तामोडमा आयोजना हुनेछ ।