काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड र डेल्बा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ। 

यस सम्झौतापश्चात बैंकका ग्राहकले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १०% छुट पाउनेछन्। डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ। 

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।