काठमाण्डौ । नेपालीहरुको महान चाड बडादसैँको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ। 

कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडादसैंमा ब्यक्तिगत दूरी कायम गरी चाडपर्व मनाउन अनुरोध गर्दै बैंकले ‘तीनमा तीन सय’ नगद उपहार योजना ल्याएको हो। अहिलेको परिस्थितिमा व्यक्तिगत दूरी कायम राख्न सहयोग पुग्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ। 

योजनाअनुसार बैंकका ग्राहकले तीनपटक भिन्न–भिन्न व्यक्तिलाई बैंकको मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु. १ हजार वा सोभन्दा बढी भएमा रु. ३०० नगद उपहार लागि ग्राहक योग्य हुनेछन्। यस योजनामा सहभागी हुन बैंकका ग्राहकले निम्नलिखित सर्तहरुको पालना गर्नुपर्नेछ– 

  • ग्राहकले यस बैंकको मोबाइल बैंकिङको प्रयोग गरी कम्तीमा ३ पटक रकमान्तर गर्नुपर्नेछ। 
  • ग्राहकले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनुपर्नेछ। 
  • उक्त दक्षिणा प्रदान गर्दा ग्राहकले ३ कारोबार गर्दा रु. १ हजार वा सोभन्दा बढी हुनुपर्नेछ। 
  • ग्राहकले दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङमा भएको ‘फोनपे’ मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणास्वरुप रकमान्तर गर्नुपर्नेछ। 
  • ग्राहकले दक्षिणा कारोबारको विवरणमा ‘दक्षिणा’ राख्नुपर्नेछ।
  • यो योजनामा सहभागी हुन ग्राहकले नेपालीको महान चाड विजयादशमीको दिनबाट रकमान्तर गर्नुपर्नेछ। 
  •