काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
पोखरामा बीमकका प्रदेश तथा शाखा प्रमुख र बीमा सर्भेयरहरु सहभागी भएको कार्यक्रममा अध्यक्ष सिलवालले बीमा बजारमा विश्वसनीयता कायम गर्न र बीमाप्रतिको विश्वास अभिबृद्धि गर्नका लागि ठोस कदम चाल्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
अध्यक्ष सिलवालले भने, “मर्जरपश्चात् बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरू बढाउँदै लानुपर्छ, बीमा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, बीमा बजारका नयाँ नयाँ क्षेत्र पहिचान गर्नुपर्छ ।”
अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका लागि नीतिगत व्यवस्थाको पहल भइरहेको पनि बताए ।
त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा अभिकर्ताहरूले गर्ने कार्यको निरीक्षण गर्ने पहिलो कर्तव्य बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूको भएको बताए ।
उनले बीमा प्राधिकरणबाट हुने स्थलगत निरीक्षणका क्रममा सत्यतथ्य विवरण नदिई गलत तथ्यांक दिने कम्पनीहरूलाई कानून बमोजिम कारवाही गरिने पनि बताए ।
प्राधिकरणका निर्देशक पूजन ढुंगेलले प्रोपर्टी ट्यारीफ रेट सम्बन्धी विषयलाई बीमकहरूको सुझाव लिएर सम्बोधन गरिने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहाल, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवार, नेपाल इन्स्योरेन्स सर्भेयर्स एशोसिएशन, पोखराका पदाधिकारी, बीमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुखहरू र बीमा सर्भेयरहरूको सहभागिता थियो ।
10 hours ago
15 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago