काठमाण्डौ । बीमा समितिले जीवन बीमा र निर्जीवन बीमाअन्तर्गत बीमांकको अधिकतम हद कायम गर्नुपर्ने सीमा निर्धारण गरेको छ ।

समितिले आइतबार ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो सीमा निर्धारण गरेको हो । मार्गदर्शन अनुसार अब जीवन बिमा कम्पनीहरुले घातक रोगको बीमांकको हद १० लाख रुपैयाँ र औषधोपचार बीमा पूरक करारको हद १ लाख रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै मार्गदर्शनअनुसार निर्जीवन बीमा कम्पनीहरुले घातक रोगको बीमांकको हद १० लाख रुपैयाँ, दुर्घटना बीमाको अधिकतम हद १० लाख रुपैयाँ र औषधोपचार बीमाको अधिकतम हद १ लाख रुपैयाँ कायम गर्नुपर्नेछ ।

बीमा कम्पनीहरुले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा तथा बीमा व्यवसायको प्रचारप्रसार गर्दा एकरुपता कायम गरी बिमा जोखिम व्यवस्थित बनाउन समितिले मार्गदर्शन जारी गरेको छ । बीमकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बिमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बीमा प्रिमियम शुल्क संस्था स्वयंले व्यहोर्ने भन्ने सूचना दिनुपर्ने व्यवस्था गरेको छ।

यसैगरी अब बीमालेख जारी गर्दा वा पुरानो बीमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मूल बीमालेख अनिवार्य रुपमा जारी गर्नुपर्नेछ ।

यस्तै प्रस्ताव भर्दा संस्थाले आफ्नोे निक्षेपकर्ता, सदस्य वा ऋणीको औषधोपचार बिमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्न बीमितको परिचय खुल्ने गरी केवाईसी र स्वास्थ्यसम्बन्धी विवरण भर्नुपर्नेछ ।

– बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६ को पूर्णपाठ तल हेर्नुहोस् –