काठमाण्डौ । बीमा कम्पनीहरुले मासिक बीमा व्यवसायको तथ्यांकको ढाँचामा पोर्टफोलियोअन्तर्गत रहेका सबै सबपोर्टफोलियोसमेत समावेश गरी अपलोड गर्नुपर्ने भएको छ।
नेपाल बीमा प्राधिकरणले एक सूचना जारी गर्दै इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आईआरएमआईएस)सफ्टवेयरमार्फत मासिक रुपमा अपलोड गर्ने तथ्यांकको ढाँचामा पोर्टफोलियोअन्तर्गत रहेका सबै सबपोर्टफोलियो समेत समावेश गरी अपलोड गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो।
प्राधिकरणले जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरुलाई आईआरएमआईएसमार्फत मासिक रुपमा अपलोड गरिने मासिक बीमा व्यवसायको तथ्यांकको ढाँचामा पोर्टफोलियोअन्तर्गत रहेका सबपोर्टफोलियो थप भएकाले म्यानुअलमा राखिएका उक्त सबपोर्टफोलियोबमोजिमको कोड प्रयोग गरी महिना समाप्त भएको ७ दिनभित्र अनिवार्य अपलोड गर्न निर्देशन दिएको छ।
यसअघि बीमा कम्पनीहरुले यस्तो ढाँचामा पोर्टफोलियो र सबपोर्टफोलियो समेत अपलोड गर्ने गरेका थिए। तर, कम्पनीहरुले लघुबीमा व्यवसायसमेत गर्ने हुँदा छुटपुट सबै सबपोर्टफोलियो समावेश गरी अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ। जसमा जीवन बीमा कम्पनीहरुले माइक्रो लाइफ इन्स्योरेन्सअन्तर्गतको सबपोर्टफोलियो र निर्जीवन बीमा कम्पनीहरुले माइक्रो ननलाइफ इन्स्योरेन्स र कृषि बीमाअन्तर्गतको सबपोर्टफोलियो तथा लघुबीमा कम्पनीहरुले माइक्रो लाइफ र माइक्रो ननलाइफ इन्स्योरेन्सको म्यानुअलअन्तर्गतको सबपोर्टफोलियो अपलोड गर्नुपर्नेछ।
बीमा कम्पनीहरुले आईआरएमआईएसको एमआईएस सेक्सनअन्तर्गतको मासिक बीमा व्यवसायको तथ्यांक अपलोड गर्दा सम्पूर्ण पोर्टफोलियोअन्तर्गत रहेका सबपोर्टफोलियोमा भएको व्यवसाय अनिवार्य छुट्याउनुपर्ने प्राधिकरणले जनाएको छ।
10 minutes ago
42 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago