काठमाण्डौ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताका लागि नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ।
दुई संस्थाबीच बुधबार भएको सम्झौताअनुसार अब बीवाईडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन्। बीवाईडीले बिक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रवाह गर्ने उल्लेख छ।
नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेका कारण नबिल बैंकले पनि त्यहीअनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ।
सम्झौताअनुसार अहिले बीवाईडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन्। बैंकसँगको सम्झौंता अनुसार बीवाईडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशतमात्र डाउन पेमेन्ट गर्दा पुग्छ।
साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा विक्री गर्दै आएको छ। अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रिक भेहिकलमध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो।
साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा विक्री सुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ र अल न्यू ई–६ को मूल्य ५९ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ।
32 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago