काठमाण्डौ। नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिको उत्कृष्ट उत्पादन चोकोफनको २० औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ।

ओन्ली चोकोफन भन्ने संदेश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजन विज्ञापनमार्फत प्रस्तुत गरिएको छ। चोकोफन देशकै पहिलो र ओरिजल्न चकलेट वाफेर हो र यसको मिठो स्वाद हरेक बालबालिकाको मनमनमा विगत २० वर्षदेखि बस्दै आएको छ। यस विज्ञापन अभियानमार्फत बालबालिकाको हरेक रमाइला पलहरुलाई ओन्ली चोकोफनका साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ।

बालबालिकाको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थप खुसी तथा आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुसीको अभिन्न अंगका रुपमा ओन्ली चोकोपन छ भन्ने अभिप्राय बोकेको यस बिज्ञापन अभियानको प्रवर्द्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, सामाजिक सञ्जालमार्फत पनि प्रवाह गरिएको छ। 

यस विज्ञापनलाई बालबालिकाहरुले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन्। उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर ओन्ली चोकोफनको टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ। विज्ञापनमा बालबालिकाहरु एकअर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै ओन्ली चोकोफन नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ।

विगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको आईएसओ २२०००ः२०१८ सर्टिफाइन्ड कम्पनी सुजल फुड्सको लोकप्रिय उत्पादन हो, चोकोफन। अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानीका साथ चोकोफनको उत्पादन गरिन्छ। क्रिस्पी र क्रन्ची वाफेरमा उत्कृष्ट चकलेट क्रिमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ।  

यस विज्ञापनले सम्पूर्ण ग्राहक तथा उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहनेमा कम्पनी पूर्णतः विश्वस्त छ।