काठमाण्डौ । कालिका सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ४६)ले बिहीबार विधिवत रुपमा आफ्नो शाखा कार्यलय बुटवलबाट कारोबार सुरु गरेको छ।
आफ्नो कम्पनीको व्यवसाय प्रवर्द्धन गर्नका लागि देशका विभिन्न ठाउँहरुमा रिमोट वर्क स्टेसन (आरडब्ल्यूएस)÷शाखा कर्यालयहरु स्थापना गरी कारोबार सञ्चालन गर्न पाउने कानुनी प्रावधानबमोजिम नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको अनुमति लिएर आफ्नो कम्पनीको तेस्रो शाखाका रुपमाबुटवलमा कारोबार सुरु गरिएको कम्पनीका अध्यक्ष कुमार लुइँटेलले जानकारी दिए।
यो शाखा कार्यलय बुटवलको पुष्पलाल चोकनजिकै मैत्रीपथमा रहेको रहेको कम्पनीले जनाएको छ।
यसअघि बाँकेको नेपालगंज र महोत्तरीको बर्दिबासमा कम्पनीका दुईवटा शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् ।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago