काठमाण्डौ । डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ।

नेपाल इलोक्ट्रोनिक्स एन्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्ने गरी वैशाख २६  गतेदेखि उक्त शोरुम सञ्चालनमा आएको हो। शोरुमको उद्घाटन डिशहोमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदीले गरेका थिए। उद्घाटन कार्यक्रममा डिशहोमका सेल्स अफिसर विनोद सुवेदी र नेपाल डीटीएच लिंकका प्रोप्राइटर राजकुमार सेनको पनि उपस्थिति थियो। 

कार्यक्रममा सेल्स म्यानेजर सुवेदीले ६ महिनाको छोटो अवधिमै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेको र डिशहोम फाइबर नेटप्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए। 

नेपाल इलोक्ट्रोनिक्स एन्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ। अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एन्ड इलेक्ट्रिक्स सप्लायर्सका सञ्चालक विवेक गुप्ताले बताए।