काठमाण्डौ । बोनस सेयरका लागि दुई जलविद्युत् कम्पनीको सेयरमूल्य समायोजन भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुटवल पावर र छ्याङ्दी  हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। समायोजनअनुसार बुटवल पावरको १० प्रतिशत बोनसका लागि प्रतिकित्ता ४०५ रुपैयाँ र छ्याङ्दीको ५ प्रतिशतका लागि १५५ रुपैयाँ कायम भएको छ। यसअघि यी दुवैको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता क्रमशः ४४५ रुपैयाँ र १६३ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।

यी दुवैको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। लाभांश र साधारसभा प्रयोजनका लागि यी दुवैले आज पुस १७ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।