काठमाण्डौ । अघिल्लो चुनावमा मेयर जितेको नेकपा एमाले बुटवल उपमहानगरपालिकामा जारी यसपटकको मतगणनामा तेश्रो स्थानमा पुगेको छ । 

प्रारम्भिक मतपरिणामलाई हेर्ने हो भने यो पटक बुटवलमा एमालेको अवस्था निकै दयनीय देखिएको छ । 

हाल बुटवल उपमहानगरको वडानम्बर १ को ९०० मत गणना भइसकेको छ । ९०० मत गनिसक्दा सत्ता गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेसका खेलराज पाण्डेले ४२२ मतसहित सुरुवाती अग्रतालाई कायमै राखेका छन् । 

उनलाई राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ मतले पछ्याइरहेका छन् । 

यो उपमहानगरमा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार बाबुराम भट्टराईले हालसम्म १६० मत मात्रै पाएका छन् ।