काठमाण्डौ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा २६.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १.९९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा कम्पनी विद्युत बिक्रीबाट ४२ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ४३ करोड १५ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी घटेर ३ अर्ब ५६ करोड रुपैयाँमा सीमित बनेको छ। यस्तो इक्विटी गत वर्ष यही अवधिमा ३ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६.७१ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस ५.७९ रुपैयाँ रहेको थियो।
पीई रेसियो ४९.४८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.६४ रुपैयाँ रहेको छ।
4 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago