काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको पानीपोखरीस्थित वालनट बिस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको आर्थिक सहयोगसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ। 

कम्पनीले आफ्नो चुक्तापुँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ। स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

आर्थिक वर्ष २०७८–७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सभाले स्वीकृत गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कमपनीले माघ १९ बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन योग्य हुनेछन्।