काठमाण्डौ । बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड नियुक्त भएको छ ।
क्यापिटल र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको हो ।
सम्झौतापत्र बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार क्यापिटलले बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ । साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढाउँदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा “हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण–पत्र” स्वीकृतिको लागि पेश गर्ने लगायतका कार्य क्यापिटलले गरिदिनेछ ।
एनआइसी एशिया क्यापिटलले 'आइडिया टू आइपीओ' सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशनसम्मको कार्य गरिदिने तथा हकप्रद शेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा समेत सञ्चालन गरिरहेको छ ।
10 minutes ago
12 minutes ago
18 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago