काठमाण्डौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि बुबाको मुख हेर्ने दिनको अवसरमा शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याउने भएको छ । 

सो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले एक विज्ञप्तिमार्फत जनाएको छ । 

यो अवसरमा टेलिकमले १ सय एमबीको डाटा भोल्यूम ४५ रुपैयाँ( करबाहेक)मा उपलब्ध हुने र यो डाटा ३ दिनभित्रमा प्रयोग गरिसक्नुपर्ने जनाएको छ । यसैगरी, २ सय २५ एमबीका डाटा ७ दिनमा प्रयोग गरिसक्नुपर्ने गरी ९० रुपैयाँ(कर बाहेक)मा उपलब्ध हुने बताइएको छ । 

उपभोक्ताले १०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लागि SPECIAL225MB लेखेर १४१५ मा एसएमएस गर्नुपर्ने छ । 

यो विशेष अफर बुबाको मुख हेर्ने दिनदेखि सुरु भई ३ महिनासम्म रहने बताइएको छ ।