– अर्जुन तिमिल्सिना

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनी एनआरआईसी एकमात्रा पुनर्बीमा कम्पनी हो। यो कम्पनी सन् २०१४ मा ग्राहकमा केन्द्रित रहेर गुणस्तरीय पुनर्बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको हो। यो कम्पनीले एसियामै प्रोफेसनल व्यवसाय गर्ने र लगानीकर्तालाई सन्तोषजनक प्रतिफल दिने उद्देश्य लिएको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमासममा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड बराबर रहेको छ। साही अवधीको चौथो त्रैमासम्म कम्पनीको रिजर्भमा ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनीले खुद मुनाफा जीवन बीमातर्फ  ५६ करोड ५० लाखबराबर रहेको छ। त्यसैगरी निर्जीवनतर्फ १० करोड ८८ लाख बरार रहेको छ।  कम्पनीको प्रतिसेयर आम्दानी भने ५.७८ रुपियाँ रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात भने १२७ गुणा रहेको छ। कम्पनीको नेटवर्थ भने १६१.०५ रुपियाँ रहेको छ। कम्पनीको प्रतिसेयर कुल आम्दानी भने १६१.०५ रहेको छ। कम्पनीले अहिलेसम्म दुईपटक लाभांश दिएको छ। जसअनुसार क्रमशः १९ प्रतिशत र ५.२६ प्रतिशत लाभांश दिएको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। यो वेभअनुसार कम्पनीको वेभ १ पछिल्लो समयको न्यून मूल्य ५७५ रुपैयाँदेखि ७५५ रुपैयाँसम्म चलेको देखिन्छ। त्यसैगरी वेभ २ मा करेक्सन भएर ६४४ रुपैयाँसम्म पुगेको थियो। 

हाल दोस्रो बजारमा यो कम्पनीको प्रतिकित्ता ८३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यो कम्पनी वेभ ३ चल्दा १०६४ रुपैयाँसम्म र वेभ ४ मा करेक्सन भएर फेरि ९८० रुपैयाँसम्म तथा वेभ ५ मा लगभग अवको ५–७ महिनाको समय अवधिमा १४०० रुपैयाँ पुग्न सक्छ। (हेर्नुहोस् मुख्य तस्बिरमा) 

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ। कम्पनीको ५२ साताको न्यून मूल्य ५७२ रुपैयाँ रहेको छ भने उच्च मूल्य १३२० रुपैयाँ रहेको छ। कम्पनीमा सर्वसाधरणको हिस्सा १६ प्रतिशतमात्रै रहेको छ भने प्रमोटरको होल्डिङ ८४ प्रतिशत रहेको छ। 

बोलिंगर ब्यान्ड म्याक्डी तथा आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको सेयरमूल्यले अपर ब्यान्डलाई छोएर केही राता क्यान्डल बनेका छन्। 

म्याक्डीमार्फत हेर्दा गत २७ डिसेम्बरमा बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम सकारात्मक तर फिक्का हुँदै गएका छन्। 

एमएसीडी लाइन र सिग्नल लाइनको दूरी घट्दै गएको छ। आरएसआई भने ओभरबट जोन ७८ मा पुगेर हाल ६५ को तहमा रहेको छ।

तीनवटै इन्डिकेटरलाई मिलाएर हेर्दा यो कम्पनीको सेयरमा आल्पकालमा केही करेक्सन आउन सक्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ८२८
  • प्रतिरोध २– ८८१
  • प्रतिरोध ३– ९७०

पिभट प्वइन्टः  ७३९

घटेमा सपोर्ट 

  • सपोर्ट १– ६८० 
  • सपोर्ट २– ५९७
  • सपोर्ट ३– ५४४ 

निष्कर्ष

यो कम्पनी आधारभूत रुपमा बलियो नै रहेको छ। कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँबराबर रहेको छ भने रिजर्भमा चुक्तापुँजीको ५० प्रतिशतभन्दा बढी ६ अर्ब १३ करोड रहेको छ। तिर्न बाँकी दीर्घकालीन ऋण भने देखिँदैन।

नेपाल पुनर्बीमा धेरै लगानीकर्ताको रोजाइमा पर्न सफल कम्पनी हो। यो कम्पनीले जीवन बीमा तथा निर्जीवन बीमा दुवै खालको व्यवसाय गर्छ। 

प्राविधिक रुपमा हेर्दा अल्पकालमा सामान्य करक्सन आउन सक्छ। किनकि मूल्यरेखाले एकपटक अपर ब्यान्डमा छोएर झरेको छ। तर, दीर्घकालमा भने कम्पनीको सेयरले पुनः पहिलेकै मूल्य १४०० रुपैयाँसम्म पुग्न सक्ने सम्भावना पनि देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।