काठमाण्डौ । आज पनि बजारमा दिनभर घटेर नै कारोबार भयो भने अन्तमा १२ अंकको सुधार आएको छ।
डेली बेसमा क्यान्डल स्टिकमार्फत बजारलाई हेर्दा यो साताको अन्तिम कारोबारमा बजारमा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ।
यदि अघिल्लो क्यान्डल रातो र छोटो बन्छ र त्यसपछि बन्ने क्यान्डल लामो र हरियो क्यान्डल बन्छ अर्थात अघिल्लो रातो क्यान्डललाई पछिल्लो हरियो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ क्यान्डल भनेर बुझिन्छ। तर, बजारमा यसको कन्फर्मेसनका लागि भने आगामी कारोबारमा बोलिंगरको मध्य ब्यान्ड अर्थात १८९० भन्दा माथि बजार भोलुमसहित बन्द हुनुपर्नेछ।
अल्पकालीन ट्रेडका लागि बजारमा १८८० को विन्दुमा बजारमा इन्ट्री गर्न सकिनेछ भने यदि बजार घटेमा आजको लो विन्दु १८४६ को विन्दुभन्दा तल झरेमा स्टप लस राख्न सकिनेछ। यदि बजार आगामी कारोबारमा अप ट्रेन्ड लिएमा पछिल्लोपटकको उच्च विन्दु अर्थात रिसेन्ट स्विङको हाई १९६० सम्म टार्गेट राख्न सकिनेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago