काठमाण्डौ । सेयर बजारमा लगानी गर्नेलाई जानकारहरुले दुईवटा महत्वपूर्ण सल्लाह दिन्छन्। पहिलो सल्लाह भनेको छोटो अवधिमा ठूलो नाफा कमाउने प्रलोभनमा पर्नुको सट्टा दीर्घकालीन लगानी गर्नु हो। दोस्रो सल्लाह भनेको प्रचार गर्नुको सट्टा आफैँ कम्पनीको आधारभूत कुराहरु जाँच्नु र राम्रो लागेमात्र लगानी गर्नु। 

त्यस्ता धेरै स्टकहरु हुन्छन्। यदि हामीले तिनीहरुको चाल आँकलन गर्न सक्यौँ भने यी दुवै सल्लाह सही साबित हुन्छन्। 

उदाहरणका लागि बुलेट र रोयल इनफिल्ड बनाउने कम्पनी आइचर मोटर्सको स्टकलाई लिन सकिन्छ। यो स्टकले विगत केही वर्षयता दीर्घकालीन लगानीकर्तालाई २ लाख ५० हजार प्रतिशत प्रतिफल दिएको छ।

सन् १९९८ अक्टोबर १६ मा भारतको बीएसईमा आइचर मोटर्सको स्टकको मूल्य मात्र १ रुपैयाँ थियो। अहिले यसको मूल्य २७०० रुपैयाँ नाघेको छ। आजको दिउँसो यो स्टक बीएसईमा रु. २७३० रुपैयाँको आसपासमा कारोबार गरिरहेको छ। यसको मतलब हालसम्म यो स्टकमा लगभग २ लाख ५० हजार प्रतिशतको ठूलो उछाल आएको छ। 

यदि कुनै लगानीकर्ताले यो स्टकमा १ रुपैयाँ हुँदा १ लाख रुपैयाँ लगानी गरेको भए आज उसको लगानीको मूल्य २७ करोड रुपैयाँभन्दा बढी भएको छ। 
१० वर्षपहिले अहिलेको तुलना गर्दा पनि आइचर मोटर्सको स्टकले मल्टिब्यागर प्रतिफल दिने प्रमाणित गर्छ। २२ जुन २०१२ मा बीएसईमा यो कम्पनीको स्टक करिब २०० रुपैयाँ थियो। अहिलेका २७३० रुपैयाँको तुलनामा विगत १० वर्षमा १ हजार २६५ प्रतिशतले बढेको छ। यदि कुनै लगानीकर्ताले १० वर्षअघि यो कम्पनीको स्टकमा २०० रुपैयाँको स्तरमा १ लाख रुपैयाँ लगानी गरेको थियो भने उसको लगानीको मूल्य अहिले १३ लाख ६५ हजार रुपैयाँ भएको छ। –एजेन्सी