-भक्तराज रसाइली
काठमाण्डौ । केही समययता दिनहुँजसो सूचिकृत कम्पनीहरुको सेयरमूूल्यमा उछाल आइरहेको छ । हालको ‘बुल रन’मा सेयरमा लगानी गरी सर्टटर्ममै पनि राम्रो पैसा कमाउने अवसर हुँदा पनि स्टक ब्रोकरहरुबाट उपलब्ध मार्जिन कारोबार सुुविधाप्रति लगानीकर्ताले सामान्य चासो समेत देखाएका छैनन् ।

अल्पकालीन ऋण ब्रोकर कम्पनीहरुबाटै लिएर बढेको बजारमा सेयर कारोबारबाट नाफा कमाउने र मौकामा चौका हान्ने अवसर सिर्जना हुने भए पनि लगानीकर्ताहरुले मार्जिन ऋणको सुविधा लिन चासो नै दिएका छैनन् ।

लगानीकर्ताहरुले मार्जिन ऋण लिई कारोबार गरेको रिपोर्ट हालसम्म नेप्सेमा उपलब्ध नभएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । 

मार्जिन कारोबारमा देखिएका व्यवहारिक कठिनाइहरुलाई समाधान गर्न ब्रोकरहरुको समेत सहभागिता रहने गरी नेप्सेका कामुु सहायक प्रबन्धक सुरेश जोशीको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरिएको थियो । सो कमिटीले सुुझावसहितको रिपोर्ट बुुझाइसकेको प्रवक्ता पराजुुलीले बिजशालालाई बताए ।

बिजशाला स्रोतकाअनुसार मार्जिन कारोबार सुुविधा सम्बन्धी कार्यविधि,२०७५ संसोधनका लागि नेप्सेमा जोशी संयोजकत्वको कमिटीले नेप्से व्यवस्थापनलाई १२ बुुँदे सुुझाव समेत दिइसकेको छ । सुुझावअनुुसार मार्जिन कारोबारयोग्य धितोपत्रको मापदण्डमा पर्न सूूचिकृत कम्पनीहरुले आर्थिक वर्षको ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नुुपर्ने नियमको हकमा जीवन बिमा कम्पनीहरुलाई भने ९ महिनाको सुविधा दिन भनिएको छ । 

मार्जिन कर्जाको सीमा ५० प्रतिशतबाट ७० प्रतिशत बढाउनुुपर्ने सुुझाव पनि समेटिएको छ । 

यसैबीच कुुनै एउटा कम्पनीमा मार्जिन ऋण लिएको रकममध्ये लगानी गर्दा १० प्रतिशत लगानी गर्नैपर्ने बाध्यताकारी व्यवस्था परिमार्जन गरी बजारको जोखिमलाई मध्यनजर गर्दै यथासम्भव लगानी विविधिकरण गर्दै लगानी गर्नसक्ने सुुझाव दिइएको छ । यी लगायतका सुुझाव कार्यविधिमा संसोधन भएको खण्डमा बजारमा थप तरलता आउने र सेयर कारोबार रकममा समेत अभूतपूर्व उछाल आउने जानकारहरुको विश्लेषण छ ।

स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटका अनुुसार उपर्युुक्त ३ वटा प्रावधान व्यवहारिक नभइदिंदा मार्जिन कारोबार सुुविधा लगानीकर्ताले उपयोग गर्न चासो नदिएको बताउँछन् । उनले यो विषयमा ब्रोकरहरुको तर्फबाट नेप्सेलाई लिखित रुपमा गुनासो गरिसकिएको र धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई समेत यस विषयमा जानकारी गराइसकिएको बताए । 

मार्जिन कर्जाको  सीमा कम्तीमा ६५ प्रतिशत हुनुपर्ने, एउटा कम्पनीमा १० प्रतिशत लगानी गर्नैपर्ने बाध्यता अन्त हुुनुुपर्ने र नेप्सेले मार्जिन कारोबारयोग्य धितोपत्रमा परेका ३३ कम्पनीको सूचि बढाउनुुपर्ने सुझाव नेप्सेसमक्ष राखेको अध्यक्ष रानाभाटले खुलाए । यी अप्ठ्याराहरुलाई संसोधन गर्न बोर्ड अध्यक्ष सकारात्मक रहेका रानाभाटको दाबी छ । अप्ठ्याराहरुलाई संसोधन गरेर व्यवहारिक बनाइएमा सेयर बजार थप गतिशील भई त्यसको सकारात्मक प्रभाव बजारमा पर्ने  रानाभाटको ठम्याइँ छ ।

मार्जिन कारोबार सुुविधा सर्बप्रथम थालनी गरेको क्रिष्टल कञ्चनजंघा सेक्युुरिटीजमा समेत लगानीकर्ताहरुले मार्जिन कारोबारका लागि चासो नदेखाएको कम्पनीले जनाएको छ । माथि उल्लेखित ३ कारणहरुले गर्दा नै मार्जिन कारोबार प्रडक्ट लगानीकर्ताहरुबाट नरुचाइएको कम्पनीले दाबी समेत गरेको छ ।

यसैबीच, हिजोआज सेयर बजार बढ्न थालेपछि लगानीकर्ताहरु भने ब्रोकर अफिस छाडेर बैंक धाइरहेका छन् । एक लगानीकर्ता हरेराम घिमिरेले बुलिस बजारमा राम्रो पैसा कमाउने उद्देश्यले सहज र सरल ब्याजदरमा सेयर कर्जा प्रवाह गर्ने बैंकमा आफूजस्ता लगानीकर्ताको दौडधूप बढेको बताउँछन् । उनले ब्रोकरबाटै मार्जिन सुविधा पाइने भनिए पनि यसका कतिपय अप्ठ्यारा व्यवस्थालाई कारण देखाउँदै आफूले कारोबार गर्ने ब्रोकरहरुले यो सुविधा कार्यान्वयनमा चासो नदेखाएका दाबी गरे । 

बुलिस बजारमा कर्जा लिएरै भए पनि सेयर उठाउने योजना बनाएका घिमिरे मात्र होइन, हिजोआज बजारमा भेटिने अधिकांश लगानीकर्ता मार्जिन सुुविधा उपलब्ध ब्रोकरमा जाँदैनन् । आफूहरुलाई कर्जाका लागि बैंक नै सहज लाग्ने गरेको उनीहरुको भनाई छ ।