काठमाण्डौ । कोरोना भ्याक्सिनको बुस्टर डोज सुरक्षित छ कि छैन ? बुस्टर डोजले शरीरमा कसरी काम गर्छ ? यसको नतिजा एक अध्ययनबाट पत्ता लागेको छ। 

यो अध्ययन साइन्स जर्नल ल्यान्सेटमा प्रकाशित छ। बुस्टर डोज कति सुरक्षित छ र यसले शरीरलाई कसरी असर गर्छ ? पत्ता लगाउन स्मार्टवाचको सहयोग लिइएको थियो। 

यो अनुसन्धान इजरायली वैज्ञानिकहरुले गरेका हुन्। तेल अविभ विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ५ हजार मानिसमाथि अध्ययन गरेका थिए। उनीहरुले ती सबैलाई स्मार्ट घडी लगाउन लगाए र दुई वर्षसम्म निगरानी गरे। कोरोना भ्याक्सिनको बुस्टर डोज सुरक्षित रहेको खुलासा भएको छ।

अध्ययन कसरी गरियो ?

तेल अविभ विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ५ हजार मानिसलाई स्मार्ट घडी लगाएर दुई वर्षसम्म शरीरमा हुने परिवर्तनहरु अनुगमन गरे। स्मार्ट घडी लगाउनका लागि बनाइएकामध्ये २ हजार ३८ जना कोभिड भ्याक्सिनको बुस्टर डोज पाएका थिए। यसले अनुसन्धानकर्ताहरुला।ई बुस्टर डोज अघि र पछि परिवर्तनहरु तुलना गर्न मद्दत गर्यो।

यतिमात्र होइन अनुसन्धानकर्ताहरुको टोलीले म्याकाबी हेल्थ सर्भिसेजका साढे २ लाख सदस्यका मेडिकल फाइलहरु पनि गुमनाम रुपमा विश्लेषण गरे, जसले खोपको सुरक्षाको खुलासा गरेको थियो।

बुस्टर डोज सुरक्षित छ कि छैन ?

यस अध्ययनमा अन्वेषकहरुले ३ वटा मापदण्ड तोकेका छन् र त्यसका आधारमा खोपको सुरक्षा सुनिश्चित गरेका छन्। पहिलो– सहभागीले के रिपोर्ट गर्छ ? दोस्रो– स्मार्टवाचले के पत्ता लगाउँछ ? र तेस्रो– डाक्टरहरुले के निदान गर्छन् ?

तेल अविभ विश्वविद्यालयका प्रोफेसर डान यामिनले स्मार्ट वाचको प्रयोग मुटुको गति, मुटुको गतिविधिमा भिन्नता, निद्राको गुणस्तर, दैनिक पाइला लगायतका कुरा पत्ता लगाउन सकिने बताए। खोप लगाउनुअघि र पछिको मुटुको गति तुलना गरिएको उनले बताए। 

दुई डोजपछि मुटुको धड्कन बढेको खुलासा भए पनि बुस्टर डोजपछि मुटुको धड्कन फेरि खोप लगाउनुअघिको स्तरमा आएको थियो। यसले संकेत गर्दछ कि बुस्टर डोज सुरक्षित छ।

शरीरमा कस्तो प्रभाव पर्यो ?

अनुसन्धानकर्ताहरुले भने कि धेरै सहभागीहरुले खोप लगाएपछि थकान र टाउको दुःख्नेजस्ता समस्याहरु भएको रिपोर्ट गरे तर २ वा ३ दिन पछि तिनीहरु पूर्ण रुपमा सामान्य र निको भए।

स्मार्टवाचबाट प्राप्त तथ्यांक हेर्दा सहभागीको मुटुको गतिमा केही दिनसम्म विभिन्न परिवर्तन आएको यामिनले बताए। उनले खोप लिएका केही सहभागीहरु रहेको र उनीहरुको स्मार्टवाचको डाटाका आधारमा खोप लगाएपछि उनीहरुमा कुनै साइड इफेक्ट नदेखिएकोसमेत बताए। तर, उनको शरीरमा केही परिवर्तन पक्कै भएको थियो। –एजेन्सी