काठमाण्डौ । बेनेली नेपालले सिर्जनाकर्ता, निर्माताहरु र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारहरुलाई जीवन्त बनाउन मन पराउने व्यक्तिहरुका लागि मोटोब्लगर्स सम्मेलनको आयोजना गरेको छ। 

शनिबारमा आयोजित बेनेली मोटोब्लगर्सको भेटमा ४० भन्दा बढी मोटोब्लगर्सहरु सहभागी भएका छन्।

बैठकले मोटोब्लगर्सहरुलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरुबारे शिक्षा दियो भने मोटोब्लगर्सहरुले पनि आफ्नो यात्रा साझा गरे र आफ्नो समुदायको पहिचानको आनन्द उठाए।

बेनेलीले कार्यक्रममा ७५२एस, टीएनटी९००हआई, ३०२एस, टीआरके२५१ र Panarea 125 जस्ता फ्ल्यागशिप मोडलहरु पनि प्रदर्शन गर्यो र सबै सहभागीहरुलाई इटालियन डिजाइन र कार्यक्षमता अनुभव गर्न अवसर दिएको छ। 

बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन्  १९११ मा भएको थियो, बेनेली २ वटा सबैभन्दा पुरानो इटालियन मोटरसाइकल ब्रान्डहरुमध्ये एक हो। बेनेली एउटा ब्रान्ड हो। जसले सडक र खेलकुद प्रदर्शन गर्ने मोटरसाइकल मात्र नभई प्रिमियम स्कुटरहरु पनि प्रदान गर्दछ। 

एकै समयमा सवारी अनुभव र सुरक्षा सुनिश्चित गर्दै बेनेली मोटरसाइकल र स्कुटरहरु सबै प्रकारका सवारहरुको आवश्यकताहरु पूरा गर्नका लागि सिर्जना गरिएको हो। बेनेली मोटरसाइकल र स्कुटरहरुले बनोट र प्रक्रियाको उत्तम संयोजन प्रतिनिधित्व गर्दछ। 

बेनेली एक ब्रान्ड हो। जसले मोटरसाइकल र स्कुटरहरु प्रदान गर्दछ। जुन भव्य रुपमा मात्र चल्दैन। यसले भावनात्मक आगोको झिल्कोको प्रतिविम्बित गर्दछ। हाल बेनेली ९० भन्दा बढी देशमा रहेको छ।

केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालि नेपालमा बेनेली र किवे ब्रान्डको आधिकारिक वितरक हो र सन् २०१५ देखि सञ्चालनमा रहेको छ। हाल यसले थ्रीएस सुविधासहित २६ आउटलेटहरुको डिलर नेटवर्क सञ्चालन गरिरहेका छन्।