काठमाण्डौ । केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ। यस वर्षको दसैँ, तिहार र छठका अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएका छ। उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ। 

यसअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनेपछि गरी ३ पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिनेछ। पहिलो ई–डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले नै घरैबाट समेत क्यूआर कोड स्क्यान गर्न सकिन्छ। मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्यूआर कोड स्क्यान गर्न सक्छन्। 

बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ। यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ। ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ।

त्यसैगरी मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट प्रदान गरिनेछ। यसबापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने कम्पनीले जनाएको छ। विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने कम्पनीको भनाइ छ।