काठमाण्डौ । इटालीको उत्कृष्ट बाइक बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै रु. २५ हजार क्यास डिस्काउन्ट’ नो सेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ। 

नेपाली नयाँ वर्ष २०७९ का अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि रु. २५ हजारसम्मको नगद छुटको घोषणा गरेको छ। बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नेछन्। यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ।

इटालियन ब्रान्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ। बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन्। 

सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेली को १५० सीसीदेखि ७५२सीसीसम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध छन्। बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ। 

नेपालमा उपलब्ध बेनेलीका उत्पादनमा ‘टीएनटी१५’ आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती रहेको छ। जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोर्कस र ईएफआई (इलेक्ट्रोनिक फिउल इन्जेक्सन) छ। १८०एस आक्रामक तर आरामदायी छ। टीआरके२५१ प्यारालाल ट्विन इन्जिनसहित साहसिक यात्रा गर्नेहरुका लागि यसको डिजाइन गरिएको हो र अन्त्यमा ७५२एस, जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्दछ। 

बेनेलीले भर्खरै ९४ किलो तौलसहित थुप्रै सुविधाहरु रहेको Panarea 125 नेपालमा उपलब्ध गराएको छ। बेनेलीको सुझावमा यसका उत्पादनहरुको आफैं टेस्ट राइड गरेर परिक्षण गर्नुहोस् र यसमा रहेको फरक अनुभूति लिनुहोस्।  

नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लागि विभिन्न योजना र अफरहरु ल्याइरहेको छ। कम्पनीले यो नयाँ वर्षको अफरले निरन्तर बढिरहेको ७ हजारभन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने विश्वास लिएको छ। 

६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालि नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो।