काठमाण्डौ । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ।
बेनेलीले आफ्ना ग्राहकको पहुँच बढाउन नेपालभर विभिन्न स्थानमा शोरुम खोल्ने प्रयास जारी राखेको छ। अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्।
पोखरामा नयाँ शोरुम १८०० वर्गफिटमा निर्माण गरिएको छ। जसमा ५० वर्गफिट स्पेयर पार्ट्स र १५०० वर्गफिट सर्भिस सेन्टरका लागि व्यवस्थापन गरिएको छ। यो शोरुममा थ्रीएस सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकल उपलब्ध हुनेछन्।
पोखरामा नयाँ शोरुम खोलेर बेनेली आफ्ना ग्राहकलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा विश्वस्त छ।
बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा रु. ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन रु. ४० हजार, न्यूनतम डाउन पेमेन्ट रु. ६० हजार र ५०% डाउन पेमेन्टका साथ फाइनान्सिङमा ०% ब्याजदर प्रदान गर्नेे भएको छ।
यसका साथै विद्यमान ग्राहकका लागि बेनेलीले निःशुल्क वास, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ।
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो। जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस् र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ। यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादकमध्ये एक हो।
नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन्। यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन्। यी मोटरसाइकल १२५ सीसी देखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यिनको मूल्य रु. २ लाख ६४ हजार ९०० देखि रु. २५लाख १५ हजारसम्म पर्दछ।
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago