काठमाण्डौ ।  १९ यात्रुसहित सम्पर्कविहीन भएको तारा एयरलाइन्सको ट्वीनटर जहाज मुस्ताङको लेते छेउको टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशङ्का गरिएको छ ।

आइतबार विहान ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज सो क्षेत्रमा दुर्घटना भएको प्रारम्भिक आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

केही स्थानीयले आफूहरुले सो क्षेत्रमा जहाज दुर्घटना भएको आशङ्का गरेको खबर सुनाएका प्रहरीले जनाएको छ । यही सूचनालाई आधार मानी प्रहरीले खोजी कार्यलाई तीव्र पारेको छ । 

सो विमान उडान भरेको १५ मिनेटमै सम्पर्कविहीन भएको थियो । 

विमानमा १३ नेपाली, ४ भारतीय र २ विदेशी(जापानी नागरिक)सहित १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए । 

सो जहाजमा चालक दलका सदस्यतर्फ क्याप्टेन प्रभाकर घिमिरे, इताशव घिमिरे र किश्मी थापा रहेका तारा एयर स्रोतले जनाएको छ ।