काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि उनका बारेमा धेरै जानकारी बाहिर आएको छ। 

पछिल्लो समाचारअनुसार महारानी एलिजाबेथ द्वितीयले लेखेको एउटा सिक्रेट लेटर सिड्नीको एउटा भल्टमा बन्द छ। यो लकर आगामी ६३ वर्षसम्म खोल्न पाइने छैन। यो सिक्रेट लेटर सिड्नीको एक ऐतिहासिक भवनको भल्टमा बन्द छ। यो सिक्रेट लेटर महारानी एलिजाबेथले नोभेम्बर १९८६ मा लेखेकी थिइन्। यो पत्र सिड्नीका जनताका लागि लेखिएको छ।

रिपोर्टका अनुसार यो सिक्रेट लेटर सुरक्षित ठाउँमा सिसाको डिब्बामा राखिएको छ। सन् २०८५ मा यो सिक्रेट लेटर सार्वजनिक गर्न पाइनेछ। सन् २०८५ को उपयुक्त दिनमा यो सिक्रेट लेर खोलेर सिड्नीवासीलाई सन्देश दिन महारानी एलिजाबेटले निर्देशन दिएकी थिइन्। 

राज्य प्रमुखका रुपमा महारानी एलिजाबेथ द्वितीयले १६ पटक अस्ट्रेलियाको भ्रमण गरेकी थिइन्। 

महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबेमा गरिनेछ। यसका लागि तयारी सुरु भएको छ। –एजेन्सी