काठमाण्डौ। ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका सदस्य समूहले एनएमबि बैंकको भ्रमण गरेका छन्। 

एनएमबि बैंकको ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टसँगको सहकार्यपश्चात भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो। 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरुलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयनपश्चात गरेको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्याएको उल्लेखनीय योगदानका बारे समेत प्रकाश पारेका थिए। प्रतिनिधिमण्डलसँग छलफलका क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोतसाधनको अन्तरपूर्ति गर्नका लागि ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टजस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताका बारेमा जोड दिए।

यसका साथै प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजनामार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तीकरणका लागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समूहहरुको स्तरोन्नतिका लागि बैंकले गरेको योगदानका बारेमा छलफल गर्दै दुवैतर्फका प्रतिनिधिहरुले सोसम्बन्धी प्रतिक्रियासमेत आदानप्रदान गरेका थिए। 

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ। 

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।