काठमाण्डौ । बेलायतको संसदले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। अब संसदको वाइफाई नेटवर्कबाट प्रयोग गर्न पाइने छैन।
बेलायत सरकारले सुरक्षा समीक्षापछि यस्तो निर्णय लिएको हो। योसँगै अब मन्त्रीहरुले आफ्नो फोनमा एप प्रयोग गर्न पाउने छैनन्।
बेलायतका धेरै सांसदहरुले यो एप प्रयोग गर्ने गरेका थिए। यससँगै टिकटकलाई कर्मचारीलाई दिइएको उपकरणबाट पनि हटाइनेछ।
टिकटकले आफ्ना प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिने यी आरोपहरुलाई स्पष्ट रुपमा अस्वीकार गरेको छ।
कम्पनीले आफ्नो विज्ञप्तिमा संसदको यो निर्णयलाई गलत धारणामा आधारित भएको जनाएको छ।
यो प्रतिबन्धलगत्तै संसदमा आउने सबै सांसद तथा अतिथिहरुले संसदको वाइफाई नेटवर्कबाट आफ्नो डिभाइसमा टिकटक चलाउन पाउने छैनन्। यद्यपि, तिनीहरुले आफ्नो मोबाइल डाटाका साथ आफ्नो फोनमा टिकटक प्रयोग गर्न सक्षम हुनेछन्। –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago