काठमाण्डौ । बेलायतले ब्याजदर बढाएसँगै शुक्रबार युरोपेली सेयर बजारमा गिरावट आएको छ।
अमेरिकाको केन्द्रीय बैंकले फेडरल रिजर्भले ब्याजदर बढाएसँगै बेलायतको बैंक अफ इंग्ल्यान्डले पनि ब्याजदर बढाएको हो। योसँगै शुक्रबार युरोपेली बजारमा गिरावट आएको छ।
यो समाचार तयार पार्दासम्म जर्मनको ड्याक्स करिब २ प्रतिशतले घटेर १४९२१ को विन्दुमा कारोबार भइरहेको छ। लन्डनको फुट्सी १०० मा पनि करिब २ प्रतिशतले नै गिरावट आएको छ।
उता फ्रान्सको क्याक पनि २ प्रतिशतभन्दा बढीले नै घटेको छ। इटालीको फुट्सीमा २.३५ प्रतिशतको गिरावट आएको छ। योसँगै डैच बैंकमा १२ प्रतिशतले गिरावट आएको छ।
अमेरिकी बजारमा डाउ जोन तथा एसएन्डपी ५०० मा भने बढोत्तरी आएको छ। क्रिप्टोकरेन्सी बिट्क्वाइनमा भने २८००० माथि नै कारोबार भइरहेको छ। –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago