काठमाण्डौ । एक व्यक्तिले साढे ६१ करोड रुपैयाँ बढीको चेक बेवारिसे अवस्थामा भेटे। चेक पाएपछि व्यक्तिले गरे यस्तो काम कि सबैको मन जिते। तर, चेक मालिकको जबाफले उनलाई छक्क परे। 

यो घटना जर्मनीको छ। जर्मनीनिवासी ३८ वर्षीय अनौर रेलवे स्टेसन गएका थिए। त्यहाँ उनको नजर एउटा कागजमा पर्यो। जब उनी नजिक गए, उनले देखे कि त्यो चेक थियो। 

यो चेकमा भरिएको रकम अनौअर छक्क परे। चेक ४.७ मिलियन डलर (करिब ६१ करोड ५७ लाख रुपैयाँ) को थियो।

द इन्डिपेन्डेन्टका अनुसार प्लेटफर्ममा बेवारिसे अवस्थामा भेटिएको चेक जर्मन कन्फेक्सनरी कम्पनी हरिबोको थियो। यो रिटेल कम्पनी रिवीलाई दिइएको थियो। अनौर भन्छन्, ‘ठूलो धनराशिको चेक भेटेपछि मलाई पहिला त विश्वास नै लागेन। त्यसमा यति ठूलो रकम थियो कि मैले उच्चारण गर्न पनि सकिनँ।’

उक्त चेक पाएपछि अनौअरले ढिला नगरी हरिबो कम्पनीलाई जानकारी गराए। त्यसपछि कम्पनीले उनलाई चेक नष्ट गर्न र त्यसको प्रमाण पठाउन भन्यो। अनौअरले कम्पनीले भनेअनुसार चेक नष्ट गरी प्रमाण पनि पठाए।

केही दिनपछि हरिबोले अनौअरलाई ६ प्याकेट टफी दिएर उनको इमानदारीका लागि सम्मान गर्यो। यो देखेर अनौअर अचम्ममा परे र भने, ‘मलाई अलि सस्तो सम्मान लाग्यो।’

यद्यपि, हरिबोले आफ्नो निर्णयको बचाउ गर्दै भन्यो, ‘यो हाम्रो मानक प्याकेज हो, जुन हामीले धन्यवादका रुपमा पठाउँछौँ।’ 

हरिबोले यो पनि स्पष्ट पारे भन्यो–‘यो नामांकित गरिएको चेक भएकोले हाम्रो कम्पनीबाहेक अरु कसैले साट्न सक्दैन।’ –एजेन्सी