काठमाण्डौ । बेस्ट फाइनान्स लिमीटेडले सिनर्जी फाइनान्स लिमीटेडलाई प्राप्ति(एक्वीजिसन)को तयारी अन्तिम चरणमा पुुगेको छ । 

यी दुवै कम्पनीले चैत १४ गतेका दिन आ आफ्नो साधारणसभा बोलाएका छन् । बेष्ट फाइनानस कम्पनी लिमीटेडले काठमाण्डौको अनामनगरस्थित युनियन हाउसमा चैत १४ गते बिहान ११ बजे २१ औं साधारणसभा बोलाएको छ । यस्तै, सिनजी फाइनान्सले पनि चैत १८ गते रुपन्देहीको बुटवल, मिलनचोकस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजे १९ औं वार्षिक साधारणसभा बोलाएको छ । 

दुवै कम्पनीको साधारणसभाको विशेष प्रस्ताव नै मर्ज सम्बन्धी रहेको छ । बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेपछि मर्जरले गति लिने विश्वास गरिएको छ । 

बेष्टले सिनर्जीलाई १ बराबर १ को सेयर स्वाप अनुपातको आधारमा गाभ्ने लागेको छ र डिडिएको यही रिपोर्टलाई समेत दुवै कम्पनीको साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । सिनर्जीलाई अक्वायर गरेपछि बेष्ट फाइनान्स थप मजबुत हुनेछ ।