काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ।

संस्थाका  सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। 

सभाले आव २०७७/२०७८ को सञ्चालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ। यसका साथै आव २०७८/२०७९ का लागि लेखापरीक्षकको नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ।

सभामा सेयरधनी महानूभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जबाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए। संस्थाको भावी योजना सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए।

कार्यक्रममा संस्थाका मुख्य लगानीकतार्, एनआरएनका सचिव राजेन्द्रकुमार शर्मा, एसिया प्यासिफिक क्षेत्रका संयोजक रोविन्द प्रसाद श्रेष्ठ(गोविन्द)ले बोलेका थिए। कार्यक्रम संस्थाका कम्पनी सचिव राजसुन्दर श्रेष्ठले सञ्चालन गरेका थिए।

आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढको सहिदचोकमा १५ औँ शाखा विस्तार गरेको फाइनान्सले निकट भविष्यमा बागलुङको गलकोट, प्रदेश नं. २ को वीरगन्ज तथा प्रदेश नं. १ को इटहरीसहित  अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ। 

बेष्ट फाइनान्सले पछिल्लो बर्षमा उल्लेख्य वित्तीय विवरण सुधार गर्दै आफ्नो ग्राहकाई उच्चतम प्रविधिका साथ सेवा उपलब्ध गराउँदै आएको छ। घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तवरले खाता सञ्चालनको नयाँ सुविधासमेत संस्थाले हालसालै सञ्चालनमा ल्याएको  प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए।