काठमाण्डौ । बेष्ट फाईनान्स कम्पनी र एससीटी नेटर्वक कम्पनीबीच चिप बेस एटीएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

आज सोमबार यस सम्बन्धी सम्झौतामा बेष्ट फाईनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी र एससीटी नेटर्वक कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।

यो सम्झौतापछि अब एससीटी नेटर्वकसँगको सहकार्यमा सबै प्राविधिक तयारी पूरा भएपछि बेष्ट फाईनान्सले छिटै आफ्ना ग्राहकलाई चिप बेस एटीएम कार्ड प्रदान गर्ने फाईनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी बताए ।

एससीटी नेटर्वकका कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बेष्ट फाईनान्ससँगको यो सहकार्यले कम्पनी उत्साही भएको बताउँदै उत्कृष्ट सेवा प्रदान गर्न तत्परताका साथ लाग्ने दाबीसमेत गरे ।