काठमाण्डौ । कुमारी बैंकको ७१ हजार कित्ता बढी सेयर आज जेठ १७ गतेबाट बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ७१ हजार २६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ इच्छुक जाकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।
लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
यो सेयरमा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बोलपत्र काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २३ गतेसम्म रहेको छ।
8 hours ago
19 hours ago
19 hours ago
20 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago