काठमाण्डौ । कुमारी बैंकले ७५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ।
कम्पनीले संस्थापक सेयरधनी सीता गुरुङको नाममा रहेको ७५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नक्सार (नागपोखरी) वा कुमारी बैंकको काठमाण्डौको टंगालस्थित प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।
तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सस्थापकभन्दा बाहिर सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
14 minutes ago
20 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago